..................Family of God Church Kathmandu, Nepal ...................फेमिली अफ गड चर्च
 


हाम्रो बारेमा :

फेमिली अफ गड चर्च प्रभु येशू ख्रीष्टमा विश्वास गर्ने मानिसहरूको परिवार हो। यस परिवारमा हर समुदायका सबै मानिसलाई स्वागत गरिन्छ। विभिन्न जाति, धर्म, वर्ग, लिङ्ग तथा राष्ट्रका व्यक्तिलाई यस चर्चमा समान दृष्टि राखी प्रेमको भावना देखाउने प्रयास गर्दछौं।

यदि तपाईं पनि आफ्नो लागि एक आत्मिय, भर पर्न सकिने र माया गर्ने परिवारमा सहभागी हुन चाहनुहुन्छ भने यस चर्चमा हार्दिक स्वागत गर्दछौं।

यस मण्डलीको अगुवा तथा संस्थापक पाष्टरको रुपमा टंक सुवेदी सेवारत हुनुहुन्छ। पुरा समय पाष्टरको रुपमा प्रकाश राज बगाले हुनुहुनछ भने कमल घर्ती अर्का पाष्टर हुनुहुन्छ साथमा मण्डलीका अन्य सदस्यहरूले विभिन्न काममा सहभागी भइ मण्डलीको सञ्चालन गरिन्छ।

प्रेरितहरूको विश्वास सार नै यस मण्डलीको पनि विश्वासको सार हो।

सुसमाचार प्रचार
चेलापन
सेवाकार्य
आराधना तथा

संगती यस मण्डलीका पांच उद्देश्यहरू हुन्

गरीबी
अशिक्षा
रोग
आत्मिकी अन्धोपन तथा
अहमवादी अगुवापन

लाई विश्व समुदायको प्रमुख समस्या हुन भनी हामी मान्दछौ र आफू रहेको समुदायबाट हरसम्भव यी समस्याहरूलाई निर्मूल पार्ने पर्यत्न गर्दछौ।

सम्पर्क:
      सैंबु गा.वि.स. - ८
      मिलन बस्ती, नख्खु

Family of God Church, Kathmandu, Nepal

 


             
 
 
             
 
©copyright Family of God Church 2008